प्रधानमन्त्रीको स्वास्थ्यबारे कसको कुरा पत्याउने
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे एमालेकोर जिम्मेवार प्रचार टोलीबाटै खण्डन मण्डन शुरु भएको छ ।
तर,एमालेभित्र प्रधानमन्त्री ओली निकट भनेर चिनिएको चक्रपथ डटकमले भने लगत्तै बस्नेतको उक्त भनाई र जनता टाइम्सको समाचारको खण्डन गरेको छ । चक्रपथ लेख्छ,प्रधानमन्त्री अस्वस्थ भन्ने खबर झुट ।’आफ्नै मान्छेले लेखेको र भनेको कुरा तथा समाचारको आफ्नै मान्छे तथा संस्थाले खण्डन गर्नुपर्ने अवस्था किन र कसरी आयो ? प्रधानमन्त्री एवम् सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे चिकित्सकले यथार्थ कुरा बताइदिए चिन्तित जनता,नेता र कार्यकर्ता सुसूचित हुने थिए।
बालुवाटारका मिडिया हेर्ने व्यक्ति तथा सचिवालयले यसतर्फ ध्यान नपुर्याएका होलान् वा नीच मारेर बसेका होेलान् त्यो भने उनैले जानुन् । आफ्नै मान्छेले लेखेको खबरले पारेको दिग्भ्रम औपचारिक रुपमा चिर्न बालुवाटारका सल्लाहकारहरु अग्रसर नहुनु आफैमा अचम्मलाग्दो बिषय हो ।
टिप्पणीहरू