माओवादी बैठक आज पनि निरन्तर

माओवादी बैठक आज पनि निरन्तर
सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । 

शुक्रबारदेखि शुरु भएको बैठक बिहान ११ बजेबाट पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुनेछ । आज पनि बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।

पदाधिकारी बैठकलगत्तै बसेको स्थायी कमिटी बैठकमा संगठन विस्तार, सडक र संसद्मा खेल्नुपर्ने भूमिकालगायत मुलुकको समग्र राजनीतिक विषयमा छलफल भैरहेको छ । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वामपन्थी एकताको प्रस्ताव गरेको बताइएको छ । 

संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएसँगै एकाएक प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले देशव्यापी संगठन निर्माणमा जुट्ने बताएको छ । त्यस सम्बन्धमा निर्णय लिन स्थायी कमिटी पछि केन्द्रीय समितिको बैठक बोलाउने सो पार्टीको तयारी छ ।

टिप्पणीहरू