लगातार उच्चस्तरीय भेटमा व्यस्त भारतीय विदेश सचिव साँझ स्वदेश फिर्ता

लगातार उच्चस्तरीय भेटमा व्यस्त भारतीय विदेश सचिव साँझ स्वदेश फिर्ता
सुन्नुहोस्

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् । नेपाली समकक्षी परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा हिजो बिहान भारतीय वायुसेनाको विमानमा काठमाडौं आएका उनी आज साँझ नयाँ दिल्ली फर्केका हुन् । 

उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । आज उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन् ।

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरुबीच ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहनलगायत विषयमा सहकार्य बढाउने तथा जनस्तरको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको जानकारी दिइएको छ । उनको सम्मानमा हिजो रात्रिभोज र आज दिवाभोजको आयोजना गरिएको थियो ।

टिप्पणीहरू