राजालाई ‘माइनस’ गरिएकोमा लिङ्गदेन रुष्ट, नोबल पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने तर्क
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेवास्ता गरिनु दुःखद् भएको बताएका छन् ।
शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई शान्ति सम्झौताको एउटा पक्षका रुपमा स्वीकार नगरिएकोमा दुःख मनाएका हुन् । पूर्वराजाले नचाहेको भए शान्ति प्रक्रिया अघि बढाउन कठिन हुने उल्लेख गर्दै लिङ्गदेनले अहिले दलहरुले बेवास्ता गरेको बताए ।
शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरुले नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्ने उनले तर्क गरे । आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने जनाउँदै उनले त्यसो नगर्न सुझाव दिए ।
टिप्पणीहरू