‘गिरीबन्धु टी–स्टेटका नाइकेलाई कारबाही गर’ भन्दै संसदमा प्रदर्शन
प्रतिनिधिसभा बैठकको समयमा बानेश्वरस्थित संघीय संसद भवनभित्र छिरेर एक युवाले प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भाषण गरिरहेका बेला मुखमा टेप टाँसेर ती युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर’, गिरीबन्धु टी–स्टेटका नाइकेहरूलाई कारबाही गर’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर संसद भवनभित्र छिरेका युवा अछामका दिपक देवकोटा हुन् ।
उनलाई प्रहरीले तत्काल पक्राउ गरेर हिरासतमा लिएको छ । देबकोटलाई रिहा गर भन्दै केही युवाहरुले प्रदर्शन थालेका छन् ।
टिप्पणीहरू