टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित
सुन्नुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०८१ सर्वसम्मतिले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा नेमकिपाका सांसद प्रेम सुवालमात्र विपक्षमा उभिए । 

त्यसपछि विधेयकको पक्षमा बहुमत पुगेको भन्दै सभामुखले पारित भएको घोषणा गर्नुभएको हो । प्रतिनिधिभाबाट पारित उक्त विधेयकमाथि अब राष्ट्रियसभामा पनि छलफल हुनेछ ।

 

शीर्ष तीन दलको कार्यदलले विवादित विषयमा सहमति जुटाएपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै हिजो प्रतिनिधिसभामा पेश गरेको थियो ।

सरकारले २०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

टिप्पणीहरू