प्रचण्डले जवाफ दिने बैठक दुई घण्टा ढिला

प्रचण्डले जवाफ दिने बैठक दुई घण्टा ढिला

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दुई घण्टा पछि सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो १ बजे बस्ने भएको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । गत शुक्रबारदेखि शुरु भएको बैठकमा मंगलबारसम्म २१ पदाधिकारीसहित सबै स्थायी कमिटी सदस्यले आ-आफ्नो धारणा राखेका थिए । 

कांग्रेस र एमाले मिलेर सरकार बनाएसँगै एकाएक प्रतिपक्षमा पुगेपछि माओवादी नेताहरु पार्टीको आगामी रणनीति बनाउन जुटेका छन् । सोहीअनुसार जारी स्थायी कमिटी बैठकमा पार्टीभित्रका समस्या र समाधानबारे बहस चलिरहेको छ । 

बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राख्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छोड्न सुझावसमेत दिएका छन् । बैठकमा उठेका सबै विषयको अध्यक्षले आज जवाफ दिने र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने सम्भावना छ ।
 

टिप्पणीहरू