प्रचण्डको प्रतिक्रिया- प्रभाकरले पार्टी फुटाउने कुरा हल्लामात्र हो !

प्रचण्डको प्रतिक्रिया- प्रभाकरले पार्टी फुटाउने कुरा हल्लामात्र हो !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटबारे बाहिर चलिरहेका हल्लामा कुनै सत्यता नरहेको बताउनुभएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जनार्दन शर्माले माओवादी फुटाउन लागेको भनी चलाइएका हत्तामा सत्यता नरहेको स्पस्ट पार्नुभयो । स्थायी कमिटी बैठकसम्म आइपुग्दा त्यस्ता हल्ला र भ्रम चिरिएको पनि प्रचण्डको भनाई छ ।  

'पार्टी फुट्छ भनेर हो-हल्ला धेरै भयो, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा ति सबै भ्रम चिरिएका छन्', उहाँले भन्नुभयो, 'खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भन्या जस्तो जो माहोल बनेको छ त्यो बिल्कुल गलत हो, हाम्रो पार्टी एकतावद्ध भएको छ ,कमरेड प्रभाकर र अन्यमाथि जे आशंका गरिएको छ त्यो गलत छ ।'

टिप्पणीहरू