सिंहदरबारमा संसदीय समितिका सभापतिहरुको शपथ
सभामुख देवराज घिमिरेले संघीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिनुभएको छ ।
सिंहदरबारमा आयोजित कार्यक्रममा शपथ गराइएपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुभएको छ । न्यौपाने नेपाली काँग्रेस र गैरे नेकपा एमालेका सांसद हुन् ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख सचेतक र मुख्य सचेतकलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू