शान्ति प्रक्रिया टुंगिन लागेकोमा बेलायती राजदूत खुसि
नेपालका लागि बेलायतका राजदूत रोब फेनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।
भेटमा राजदूत रोबले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुग्न लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको बताइएको छ । त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डले पीडितमैत्री न्यायमा जोड दिँदै विधेयक पारित गरिएको र द्धन्द्ध पीडितको न्याय र सम्मानका लागि बेलायत सरकारको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति प्रक्रिया निश्कर्षमा पुगेसँगै यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने उहाँको भनाई थियो । त्यसक्रममा प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको स्मरण पनि गर्नुभयो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायत सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
टिप्पणीहरू