गाउँ घुमेको रिपोर्ट सोझै प्रचण्डलाई

गाउँ घुमेको रिपोर्ट सोझै प्रचण्डलाई
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व पर्यटन मन्त्री सुदन किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग 'ग्रामीण अनुभव' शेयर गरेका छन् । हिजो बिहान अध्यक्ष निवास खुमलटार पुगेर उनले आठ दिन लामो गाउँ घुमाई र प्राप्त अनुभव सुनाएका हुन् । 

साउन २१ गते काठमाडौँबाट निस्किएका  किराती पूर्वका झापा,मोरङ र सुनसरीका विभिन्न ग्रामीण भेग पुगेका थिए । त्यस दौरान माओवादीप्रति स्थानीय जनताको धारणा नजिकबाट बुझेको उनले बताएका छन् । 

 अस्ति साँझ काठमाडौँ फर्किएका किरातीले हिजो बिहान अध्यक्ष प्रचण्डलाई भेटेर पूर्वी गाउँहरुमा माओवादीप्रति जनताको धारणाबारे अवगत गराएको जानकारी दिए । माओवादी ध्रुवहरु एकता गरेर अघि बढ्न जनताबाट प्राप्त सुझाव उनले अध्यक्षलाई सुनाए ।

त्यस्तै,विचार निर्माण तथा परिमार्जन र संगठन विस्तारको लागि माओवादीले राम्रा कार्यक्रम बोकेर देशभरि अभियान चलाउनुपर्ने सुझाव पनि जनताले दिएको किरातीले बताए । पूर्वी जिल्लाहरुको पूर्वाधार,अर्थतन्त्र र शैक्षिक विकासको अवस्थाबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए । 

अध्यक्ष प्रचण्डले पनि एक सातादेखि जारी स्थायी समिति बैठकमा विचार निर्माण,संगठन विस्तारलगायतका विषयमा घनिभूत छलफल भइरहेको सांसद किरातीलाई अवगत गराएको जनाइएको छ ।

टिप्पणीहरू