राज्यमन्त्रीको आँगनमा झण्डोत्तोलन,कुलमानलगायत तीन जना सचिव उपस्थित
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निवासमा झण्डोत्तलन गरिएको छ । आज बिहान ९ बजेको शुभसाइतमा उनको काठमाडौं बौद्धस्थित निवासको आँगनमा बौद्ध धर्मगुरु नर्बु लामालगायतले पूजापाठ, मन्त्रोच्चारण गरेर झण्डा ठडाइएको बताइन्छ ।
उक्त अवसरमा मन्त्रालयका तीन जना सचिव, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत आमन्त्रित थिए । त्यसैगरी जिल्ला समन्वय समिति रामेछापका सचिव चिना खड्का, रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने, रामेछाप काँग्रेस नेता तथा आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा पनि त्यस अवसरमा पुगेका थिए ।
कान्छाराम साउन १८ गते गरिएको मन्त्रीमण्डल पुनर्गठनमा राज्यमन्त्री नियुक्त भएका हुन् । विगतमा बैंकको ऋण नतिरेपछि तामाङ कालोसूचीमा परेका थिए ।
टिप्पणीहरू