लञ्चपछि अमेरिकी उपविदेशमन्त्री भेटघाटमा, आजै नयाँ दिल्ली फर्कंदै
आठ घण्टे नेपाल भ्रमणमा आज बिहान आइपुगेका अमेरिकी उप विदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । म्यानेजमेन्ट तथा रिर्सोसेज हेर्ने उनी आज बिहान ९ बजे नयाँ दिल्ली हुँदै काठमाडौँ ओर्लिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका उप विदेशमन्त्री रिचर्ड लञ्चपछि उच्चस्तरीय भेटघाटमा सक्रिय भएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा नेपालको आर्थिक विकास र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
उनले परराष्ट्रमन्त्री डा.आरजू राणा देउवासँग पनि भर्खरै भेट गरेका छन् । आजै राजनीतिक दलका शीर्ष नेताहरु, सरकारी अधिकारीलगायतलाई पनि भेट्ने कार्यक्रम छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सबै भेटघाटमा उपस्थित हुनुभएको छ ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहिसकेका रिचार्ड आजै साँझ ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा नयाँ दिल्ली जाने बुझिएको छ ।
टिप्पणीहरू