प्रधानमन्त्रीको कार्यालयमा काजु र मलको चर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुले भोग्दै आएको समस्याबारे चिन्ता व्यक्त गर्नु भएको छ । आज कृषिमन्त्री रामनाथ अधिकारीलगायत सरकारी उच्च अधिकारीहरुसँगको छलफलमा किसानको हित हुने गरी कार्यक्रम बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आगामी मंसिरमा आवश्यक पर्ने मलको आकलन गरेर खरिद प्रक्रिया थाल्न पनि निर्देशन दिनुभएको छ । भन्नुभयो, ‘किसानहरुलाई के कति मल आवश्यक पर्छ, त्यसको अनुमान गरेर खरिद प्रक्रिया सुरु गर्दा हुन्छ ।’
उहाँले किसानलाई नाफा हुने खालका खेतीमात्रै गर्ने वातावरण सृजनाका गर्न पनि सुझाव दिनुभयो । ‘माछापालन, दुग्ध उत्पादन, सुन्तला, काजु, मसलालगायत उपयुक्त खेतीका लागि कहाँ–कहाँ, के–के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउनुस्’, उहाँले थप्नुभयो ।
प्रधानमन्त्री ओलीले कृषिमन्त्री अधिकारीलाई पशुपंक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न र कालोबजारी रोक्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू