कस्ताे प्रतियाेगिता ? सकिएपछि चर्चा

कस्ताे प्रतियाेगिता ? सकिएपछि चर्चा
सुन्नुहोस्

च्याउ उम्रिएझैँ अचेल बजारमा संगीतिक रियालिटी शो छ्यापछ्याप्ती छन् । दी भ्वाइस अफ नेपाल, नेपाल आइडल, भ्वाइस युनिभर्स, दी सिंगिङ सुपरस्टार, एनआरएन दी सिंगर इत्यादी ।

सायद, गायक÷गायिकाभन्दा रियालिटी शो धेरै भएर होला, अचेल दर्शक–स्रोताले पनि यस्ता कार्यक्रममा कस्ता प्रतियोगी सहभागी हुन्छन्, को निर्णायक हुन्छन् ? भन्नेबारे चासो राख्न छाडेका छन् ।

यसैबीच दी भ्वाइस किड्स नामक रियालिटीको शो हिजो सम्पन्न भएको जनाइएको छ । ग्राण्ड फिनाले सकिएपछि मात्र दर्शक–स्रोतालाई रियालिटी शो चलेको पत्तो भएको हो ।

कार्यक्रममा उपाधी अनुया तामाङले जितेकी छन् । अमेरिकामा बस्ने उनले नगद १० लाखसहित मेडल र ट्रफी जितेकी छन् । यो कार्यक्रमकै लागि उनी केही महिनाअघि नेपाल आएको बताइन्छ । 

फिनालेमा आठ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा कोच प्रमोद खरेलको टिमबाट अनुयासहित लाक्पा शेर्पा सहभागी थिए । त्यस्तै, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्नि डोल्मा, चेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा अन्तिम प्रतिस्पर्धी थिए ।

टिप्पणीहरू