किताब बोकेर जानेलाई बालुवाटारको ढोका खुला
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास शनिबार बाहेक अरु दिन दिउँसो एक घण्टा पुस्तक बोकेर बालुवाटार पुग्नेलाई खुला रहने जानकारी दिनुभएको छ ।
श्रीमती राधिका शाक्यले प्रधानमन्त्री निवास बालुवाटारमा स्थापना गरेको पिपुल्स लाइब्रेरीका लागि उक्त व्यवस्था गरिएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
लाइब्रेरीका लागि पुस्तक लिने प्रयोजनार्थ बालुवाटारको ढोका दिउँसो ३ बजेदेखि ४ बजेसम्म खुला राख्ने व्यवस्था गरिएको हो । सोही क्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आज एक थान पुस्तक हस्तान्तरण गर्नुभएको पनि उहाँले जानकारी गराउनुभएको छ । कोइरालाले आफ्नो पुस्तक ‘हृदय’ बालुवाटारमा दिनुभएको हो ।
प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘पुस्तक रिसिभ गर्ने काम भोलिदेखि शनिबारबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने छ । पुस्तक हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा आउन सक्नु हुनेछ ।’ उहाँले बालुवाटार पुग्न असमर्थ हुनेलाई उदय पोखरेलको मोबाइल नम्बर ९८४९५९८२५७ मा सम्पर्क राख्न भन्नुभएको छ ।
टिप्पणीहरू