परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

मन्त्री राणा भारतको पाँच दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली पुग्नुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बताइएको छ ।

आफ्नो स्वास्थ्य परीक्षणपछि उहाँ बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू