महिला खेलाडीहरुसँग प्रधानमन्त्रीको ‘ब्रेकफास्ट मिटिङ’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरुसँग ‘ब्रेकफास्ट मिटिङ’ गर्नुभएको छ । ब्रेकफास्टको निम्ति टिमका खेलाडी, प्रशिक्षक र नेपाल भलिबल संघका पदाधिकारीहरुलाई प्रधानमन्त्रीले बालुवाटारमा आमन्त्रण गर्नुभएको जनाइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले सरकारको ढुकुरी रित्तिँदै गएपनि गर्नैपर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । ‘सरकारको ढुकुुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ’, खेलाडीको मनोबल बढाउँदै भन्नुभयो, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् ।’
प्रधानमन्त्री ओलीले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुसँग करिब दुई घण्टा छलफल गर्नुभएको थियो । पछिल्लो समय काभा वुमन्स नेसन्स भलिबलमा नेपाली टिमले देखाएको साहसको पनि उहाँले प्रशंसा गर्नुभएको सहभागी एक जना खेलाडीले बताए ।
टिप्पणीहरू