समाजवादी मोर्चाको बैठक माओवादी महासचिवको निवासमा
विभिन्न कम्युनिष्ट पार्टीहरु संलग्न समाजवादी मोर्चाको बैठकस्थल सरेको छ । आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको मोर्चाको बैठक ललितपुरको महालक्ष्मीस्थान नजिकै डाकिएको बताइएको छ ।
बैठक स्थानीय रानीबु चुम्लुङ्ग भवन नजिकै रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङको निवासमा राखिएको हो । बैठकमा मोर्चाको रणनीति र योजना, समसामयिक राजनीतिबारे छलफल हुने जानकारी दिइएको छ ।
अघिल्लो वर्ष गठित मोर्चामा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संलग्न छन् ।
टिप्पणीहरू