समाजवादी मोर्चाको बैठक स्थगित, पर्सि बस्दै
समाजवादी मोर्चा सचिवालय बैठक विना निश्कर्ष सकिएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङको निवासमा बसेको बैठकमा राजनीतिक दस्तावेजलाई पूर्णता दिने कार्यसूची थियो । तर, सचिवालय सदस्यहरुको धारणा नसकिएकाले अर्को बैठक पर्सिसम्म स्थगित गरिएको छ ।
आगामी बैठकमा बाँकी सदस्यहरुले धारणा राख्ने बताइएको छ । गत साउन पहिलो हप्ता बसेको मोर्चाको बैठकले १५ दिनको समयसीमा दिएर विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजनाबारे समीक्षात्मक राजनीतिक दस्तावेज तयार पार्न निर्देशन दिएको थियो ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र नेपाल कम्युनिष्ट पार्टी सदस्य छन् ।
टिप्पणीहरू