पार्टी कार्यालयको डुबान रोक्न मन्त्रीद्वारा खोला निरीक्षण

सुन्नुहोस्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधानको उपाय खोज्ने दाबी गरेका छन् ।

मनोहरा खोलामा पानीको बहाव बढ्ने बित्तिकै च्यासल क्षेत्र डुबानमा पर्ने गरेको भन्दै उनले यसलाई रोक्न प्राविधिक अध्ययन गर्नुपर्नेमा जोड दिएका हुन् । सो रहेको एमाले केन्द्रीय कार्यालय पनि पटक पटक डुबानमा पर्दै आएको छ । सो क्षेत्रको आज निरीक्षण गर्न पुगेका मन्त्री दाहालले मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्नुपर्ने बताए । 

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुखसहित खोला निरीक्षण गरेका उनले मोटरेबल पुलको तल्लो भाग हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी दिए । पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा आफ्नो पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्ती डुबानमा परेको उनको बुझाई छ । 

च्यासल क्षेत्रको सडक महत्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको मन्त्री दाहालको भनाई छ ।

टिप्पणीहरू