नेतालाई पाखा लगाएर मुख्यमन्त्री बनेका आचार्यलाई विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।
नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका उनले आज विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० र विपक्षमा ११ मत पर्यो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यलाई उनको दल एमालेका २९ र कांग्रेसका २७ सांसदले मत दिए । त्यस्तै, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र एक स्वतन्त्र सांसदले पनि पक्षमा मतदान गरे ।
एमाले महासचिव शंकर पोखरेल निकट उनी दलको नेता लीला गिरीलाई पाखा पार्दै मुख्यमन्त्री बनेका थिए । तीन दिनअघि दलको नेता छानिएका आचार्यले लगत्तै विश्वासको मत लिएका हुन् ।
टिप्पणीहरू