बहिनीको कोठामा लगेर शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार

बहिनीको कोठामा लगेर शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार

कैलालीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–८ बस्ने बाजुराका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सनालाई उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको हो । धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका उनले गत बुधबार त्यहाँ अध्ययनरत १७ वर्षीया किशोरीलाई धनगढी– १, पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा बोलाएर यौन दुरुपयोग गरेको प्रहरीको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तिमिल्सिनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू