सरकारले राम्रो काम गरेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशा जनाउनेगरी सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ ।
जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै उहाँले त्यसअनुसारको परिणाम पनि आएको बताउनुभयो । त्यसक्रममा प्रधानमन्त्री ओलीले संविधानको रक्षा र कार्यान्वयनमा तल-माथि हुन नदिने दृढतासमेत जनाउनुभयो ।
आज प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उहाँले भन्नुभयो- '‘यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ । यसको कार्यान्वयन भनेको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा, राष्ट्रिय हितहरुको रक्षा र जनताका समस्याहरुको समाधान, जनताका अधिकारहरुको सुरक्षा । यि कुराहरु गर्दै अगाडि जाने हो ।’
टिप्पणीहरू