एनपी साउदलाई प्रधानमन्त्रीको जवाफ- विद्युत उत्पादनको मार्गचित्र बनिसक्यो
सरकारले आगामी दश वर्षमा विद्युत उत्पादन क्षमता बढाएर २८ हजार मेगावाट पुर्याउने दाबी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०९१-०९२ सम्म विद्युत उत्पादन क्षमता २८ हजार ५ मेगावट पुर्याइने जानकारी दिनुभएको हो । उहाँले हाल ३ हजार २४० मेगावाट पुगेको पनि बताउनुभयो ।
यसअघि नेपाली कांग्रेसका सांसद एनपी साउदले भारतसँग व्यापार सम्झौता भएबमोजिम उत्पादन बढाउने सरकारको योजनाबारे प्रश्न गर्नुभएको थियो । ‘भारतसँग विद्युत व्यापार सम्झौता भएबमोजिम सरकारले विद्युत उत्पादन, प्रशारण, वितरणको लागि के कस्ता नीति र कार्ययोजना तर्जुमा गरेको छ ?’ सांसद खड्का प्रश्नको जवाफमा ओलीले उर्जा मन्त्रालयमार्फत मार्गचित्र बनाएर अघि बढेको जवाफ दिनुभयो ।
‘आगामी १० वर्षमा नेपालले १० हजार मेगावट विद्युत भारतलाई निर्यात गर्नेगरी भएको विद्युत व्यापार सम्झौता बमोजिम विद्युत निर्यात गर्न उर्जा मन्त्रालयले उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० तयार गरिसकेको छ', प्रधानमन्त्रीले भन्नुभयो, 'आर्थिक वर्ष ९१ ९१ सम्ममा करिब १३ हजार ५ सय मेगावट विद्युत आन्तरिक माग -पूर्तिको लागि र करिब १५ हजार मेगावट विद्युत छिमेकी देश भारत र बंगलादेशमा, अथवा अन्यत्र पनि हुनसक्छ, नेपालको कुल विद्युत उत्पादन क्षमता २८ हजार ५ सय मेगावट पुर्याउने लक्ष्य लिएको छ । उक्त मार्गचित्र मन्तिपरिषद्मा पनि पेश भइसकेको छ ।’
प्रधानमन्त्री ओलीले भारतमा विद्युत निर्यातको लागि अन्तदेशीय विद्युत प्रशारणका लाइनहरु विकासको क्रममा रहेको पनि बताउनुभयो ।
टिप्पणीहरू