भारत भ्रमणबारे परराष्ट्रमन्त्री - उच्च सम्मान पाएँ, आपसी हितका विषयमा कुरा भयो
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणका क्रममा उच्च सम्मान पाएको बताएकी छन् ।
पाँच दिने भारत भ्रमण सकेर आज अपराह्न नेपाल फर्केकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भारतले उच्च सम्मान र नजिकको छिमेकीको रुपमा लिँदोरहेछ भन्ने आभास भएको जानकारी दिएकी हुन् ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेको जानकारी दिँदै उनले दुबै भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा बिचारको आदानप्रदान भएको बताइन् ।
मोदीसँगको भेटमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको पनि उनले बताइन् ।
आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
टिप्पणीहरू