काँग्रेसको दुई विभागमा २० सदस्य मनोनित
नेपाली काँग्रेसको दुई वटा विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र अब्दुल सत्तार नेतृत्वको शुभेच्छुक संस्था समन्वय विभागमा १०–१० जना सदस्य मनोनयन गर्नुभएको हो ।
काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महिला विभागको सदस्यमा धनगढीकी रेणुप्रधान श्रेष्ठ, झापाकी तुल्सा पन्त, गोरखाकी कमला लामिछाने, काठमाडौंकी झल विश्वकर्मा, धादिङकी कविता इटानी, महोत्तरीकी मिलन साह, तनहुँकी आशा थापा मगर, सुर्खेतकी रामकुमारी थापा, दाङकी देवका बेल्वासे र काठमाडौंकी डा. शशी थापा पण्डित मनोनित भएका छन् ।
शुभेच्छुक संस्था समन्वय विभागमा गोरखाका राजु थापा, अर्घाखाँचीकी निर्मला क्षेत्री, मोरङका आशिष खतिवडा, रोल्पाका नरेन्द्र डीसी, काठमाडौंका देवराज नेपाल, ताप्लेजुङका मातृका शेर्पा, सर्लाहीकी सोनीकुमारी बम्जन, डडेल्धुराका रामदत्त जोशी, कालिकोटका दिनेश सन्जयल, कञ्चनपुरका लालमणि पाण्डेलाई मनोनयन गरिएको छ ।
टिप्पणीहरू