बालुवाटारमा उच्चस्तरीय भेटघाट, अर्थ मन्त्रालयमा चिनियाँ सहयोग सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले शिष्टाचार भेट गर्नुभएको छ ।
त्यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थ मन्त्रालयमा नेपाल र चीनबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण र हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरिने उल्लेख छ ।
त्यसैगरी मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण एवम् अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेबारे छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।
टिप्पणीहरू