काँग्रेस बैठकमा महामन्त्रीहरुको प्रस्तावपछि उत्पन्न विवादबारे छलफल हुँदै
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । साउन २३ गतेदेखि ५ दिनसम्म चलेको बैठकमा विवाद उत्पन्न भएकाले दुई हप्ताका लागि स्थगित गरिएको थियो । स्थगित बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माका प्रस्ताव सम्बन्धमा सहमति जुटाउने प्रयासको लागि बैठक स्थगित गरिए पनि आजसम्म कुनै संकेत नदेखिएको बताइन्छ ।
महामन्त्रीद्वयले केन्द्रीय समितिमा पेस गरेको प्रस्तावलाई परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने पक्षमा सभापति शेरबहादुर देउवा निकटस्थ सदस्यहरु देखिन्छन् । महामन्त्री थापाले आगामी २०८४ मा कसैसँग पनि चुनावी गठबन्धन नगर्ने र १५ औं महाधिवेशन आगामी २०८२ मंसिर भित्रै गर्ने मिति तोक्न प्रस्ताव गरेका छन् ।
महामन्त्री शर्माले वृद्ध नेताहरूलाई अवकाश दिनका लागि राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक मात्रै बन्न पाउने प्रस्ताव गरेका छन् । देउवा पक्षधर केन्द्रीय सदस्यहरुले उक्त प्रस्ताव हचुवाका भरमा ल्याइएको आरोप लगाउँदै आएका छन् ।
टिप्पणीहरू