गण्डकीको कुरा बुझ्न माओवादी नेताहरु पोखरामा

गण्डकीको कुरा बुझ्न माओवादी नेताहरु पोखरामा

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आजबाट पोखरामा शुरु भएको छ । 

भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय पदाधिकारी, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्रले जनाएको छ । 

अर्को महिना बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग आवश्यक परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादीले यस्तो बैठक राखेको हो । गत साता सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सबै प्रदेशमा परामर्श समितिको बैठक राख्ने निर्णय गरेको थियो । 

त्यसअनुसार बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भैसकेको छ । भदौ १२ र १३ गत सुदूरपश्चिम तथा १४ र १५ गते कर्णालीको बैठक बस्नेछ । लुम्बिनी प्रदेशको भदौ १६ र १७, केन्द्रीय आयोगको १८ र १९ तथा मधेस प्रदेशको २२ र २३ गते बस्नेगरी मिति निर्धारण गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब बढेपछि माओवादी केन्द्रले देशभरका नेता-कार्यकर्ताको मनोभावना बुझ्न पनि यस्तो बैठक आयोजना गरेको बताइन्छ ।

 

टिप्पणीहरू