विद्युत बक्यौताबारे लेखा समितिमा छलफल शुरु
उद्योगीहरुले तिर्न बाँकी विद्युत महसुलबारे संसदीय समितिमा छलफल शुरु भएको छ ।
प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समिति बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी विषयमा अहिले छलफल जारी छ । समितिले यसअघि सम्बन्धित उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि र अन्य सरोकारवालाहरुसंग छलफल गरेको थियो ।
झन्डै २२ अर्ब बिजुलीको पैसा नतिर्ने उद्योगको लाइन काटेपछि उद्योगी र प्राधिकरणबीच विगत लामो समयदेखि विवाद छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएको लाइन जोड्न निर्देशन दिएसँगै थप विवादित बनेको यो विषयमा सांसदहरु विभाजित छन् ।
लेखा समितिको आजको बैठकले यसबारे निर्णय गर्ने सम्भावना छ ।
टिप्पणीहरू