सिंहदरबारमा राष्ट्रिय दिवसको तयारी
यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य बनाउन सरकारले तयारी थालेको छ ।
संविधान दिवसलाई व्यवस्थित रुपमा मनाउन मूल समारोह समिति गठन एवम् कार्यक्रम तयारीका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ७ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय, सबै मन्त्री र राज्यमन्त्री सहभागी भएको बताइएको छ ।
त्यस्तै, मुख्यसचिव लिलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्रका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, उपत्यकाका तीनवटै जिल्लाका सिडिओसहित ७० जनाभन्दा बढी बैठकमा उपस्थित थिए ।
टिप्पणीहरू