थाइल्याण्डमा राप्रपाको संगठन विस्तार, अध्यक्षद्वारा पार्टी निर्देशन पालनामा जोड

थाइल्याण्डमा राप्रपाको संगठन विस्तार, अध्यक्षद्वारा पार्टी निर्देशन पालनामा जोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थाइल्यान्डमा संगठन विस्तार गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बैंकक पुगेर आज पार्टीनिकट शुभेच्छुक संगठन स्थापना गरेको छ । भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएको जनाइएको छ ।

समाजका पदाधिकारीहरूमा राजु बलामी वरिष्ठ उपाध्यक्ष, महेन्द्र श्रेष्ठ उपाध्यक्ष, दिनेश बुढाथोकी महासचिव र राकेश चौधरी थारु सहसचिव चुनिएका छन् । कोषाध्यक्षमा चुडामणि भण्डारी र सह कोषाध्यक्षमा लोकेन्द्र थुङ्लुङ राई छन् । महिला संयोजकको जिम्मेवारी मलिका जोशीले सम्हाल्ने छिन् भने युवा संयोजक कमल गुरुङ चयन भएका छन् । 

अन्य पदाधिकारीहरूमा माईला आचार्य (मुख्य सलाहकार), विचाई कालिकोटे (सलाहकार), डरÞ्याङ लिम्बु (धार्मिक तथा संस्कृति विभाग प्रमुख), मोहन गौतम (प्रचार प्रसार प्रमुख), केशव अधिकारी (सहयोग विभाग प्रमुख) छन् । 

सदस्यहरूमा विष्णु गैरे, राजेश खनाल, रोशन प्रसाईं, गोपाल राना, विनोद सापकोटा, राजु घिमिरे, सागर बुढाथोकी, रोहनकुमार कर्णिकार र टिकाराम घिमिरे छन् । 

समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष लिङ्देनले प्रवासी नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए । राप्रपाको मार्गदर्शनमा समाजलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । लिङ्देनले संगठनको गठनले प्रवासी नेपालीहरूको हक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै संगठनलाई आगामी दिनमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन् । 

संयोजक भूषण श्रेष्ठले थाइल्याण्डमा रहेका नेपालीहरुलाई संगठनको गतिविधिमा सहभागी हुन आह्वान गर्दै संगठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरु मार्फत राप्रपाको सिद्धान्तलाई प्रवद्र्धन गर्ने योजना बनाएको बताए ।

प्रवासी नेपाली एकता समाजले थाइल्याण्डमा रहेका प्रवासी नेपालीहरूको हित  राप्रपाको विचारधाराको प्रवद्र्धन गर्ने लक्ष्य राखेको जनाइएको छ । मुलुकमा प्रतिपक्षमा रहेर राप्रपाले देशहितमा चालेको कदमबाट प्रभावित भएर संगठित भएको सहभागी युवाहरूले बताए ।
 

टिप्पणीहरू