जसपाको सहअध्यक्षमा रकम, पाँच जना उपाध्यक्ष

जसपाको सहअध्यक्षमा रकम, पाँच जना उपाध्यक्ष

जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय पदाधिकारी–कार्यकारिणी समिति, केन्द्रीय समिति र केन्द्रीय निकायमा सदस्य चयन गरेको छ । 

गत जेठ २८ देखि ३० गतेसम्म भएको पार्टीको एकता राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । पार्टीको विधान २०८० (२०८१ संशोधित) को धारा १४१ को उपधारा (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन र धारा २९ को उपधारा (३) र धारा ८७ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम केन्द्रीय समितिले पदाधिकारी चयन गरेको हो। 

सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिइएको छ । उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य रहेका छन् । त्यसैगरी महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा तोकिएका छन् । प्रकाश अधिकारीले उपमहासचिवको जिम्मेवारी पाएका छन् । 

मनिष कुमार सुमन प्रवक्ता तोकिएका छन् । उपमहासचिवमा दिपक कार्की र रेखा यादव, सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डा, लाक्पा शेर्पा, कमरुद्धीन राई र कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएका छन् । 

कार्यकारिणी समिति सदस्यमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव, रामकिशोर यादव (किशोरी) रहेका छन् । 

केन्द्रीय समिति सदस्यमा रामआशिष यादव, प्रमिला महतो, विनिया यादव, प्रमिला सिंह, मिरादेवी मण्डल, चञ्चला पराजुली, पार्वतीकुमारी सिंह थारु, नोरमान तामाङ्ग, नुरुल होदा फकिर, शैलेश चौधरी, देवराज घिमिरे, पल्टन ठाकुर, नेत्रविक्रम साह, महाजन यादव, रुपलाल चौधरी, अमितप्रसाद सिंह, श्याम यादव, डा.अब्दुल कलाम अन्सारी, चुल्हाई राय यादव, रामेश्वर महरा, धरेन लावती, कान्छा तामाङ्ग, कमन देवान, सरस्वती जयसवाल, रिप्पल राई, सुधाकर मिश्र र मिना यादव रहेका छन् । 

जयदेव यादवको अध्यक्षतामा ६ सदस्यीय केन्द्रीय अनुशासन आयोग गठन भएको जसपा नेपालले जनाएको छ । त्यस्तै, केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा आङदेण्डी शेर्पा चयन भएका छन् । केन्द्रीय निर्वाचन आयोगको जिम्मेवारी विश्वनाथ पटेलले सम्हाल्ने छन् ।
 

टिप्पणीहरू