जनयुद्धमा माओवादीलाई जोगाइदिनेहरुको सम्मान

जनयुद्धमा माओवादीलाई जोगाइदिनेहरुको सम्मान

माओवादी केन्द्र भद्रपुर नगर कमिटी, झापाले शसस्त्र जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ताहरुलाई आश्रय दिएका २१ जना सहयोगी तथा उनका परिवारलाई सम्मान गरेको छ । झापामा आयोजित कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनीहरुलाई कदरपत्र प्रदान गरेका हुन् ।

माओवादी नेतृत्वमा २०५२ फागुन १ गतेदेखि शुरु भएको १० वर्षे जनयुद्धमा मुुलुकको राजनीतिक रुपान्तरणका लागि क्रान्तिकारी योद्धालाई सेल्टर दिएर क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै आश्रयदाता परिवारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा धनबहादुर लोप्चन, धनराज लिम्बू, गीतादेवी भण्डारी, पर्शुराम लुइँटेल, होमनाथ पोखरेल, बाबुलाल विश्वकर्मा, डब्लु तामाङ, बिक्रम सुब्बा, तुला थापामगर, शिवकुमार महतो, छत्रबहादुर राजवंशी हुन् । 

त्यसैगरी धोविन राजवंशी, तुलारामसिंह राजवंशी, ढकेन्द्रसिंह राजवंशी, रामप्रसाद अधिकारी, कृष्णप्रसाद खरेल, देवीप्रसाद खरेल, कुलप्रसाद खरेल, कमला राउत,  महेश घिमिरे र काँशीनाथ घिमिरेलाई पनि पूर्वमन्त्री किराँतीले कदरपत्र प्रदान गरेर सम्मान गरेका छन् ।

टिप्पणीहरू