‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन’

‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचारको मामलामा सरकार इमान्दार रहेको बताउनुभएको छ । काठमाडौँ प्रहरी परिसरको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले निर्धक्क भएर काम गर्न प्रहरीलाई आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्रीले आफ्नो सरकारले घुस नखाने जिकिर गर्नुभयो । ‘ढुक्कले काम गर्नुहोस्, अब प्रोत्साहित पनि गर्छौँ, औचित्यको आधारमा सरुवा गरिने छ’, प्रहरीलाई संकेत गर्दै भन्नुभयो, ‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन, तपाईँहरू स्पष्ट हुनुहोस् ।’

सरकारले कुनै पनि भ्रष्टाचारी र अपराधीलाई जोगाउन प्रहरी संयन्त्रको दुरुपयोग नगर्ने उहाँको दाबी छ । ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाउ भनेर आदेश दिँदैन, कसैलाई फसाऔँ भनेर पनि आदेश दिँदैन’, उहाँले थप्नुभयो।

प्रहरीलाई अनुसन्धानको शैली फेर्न सुझाव दिँदै भन्नुभयो, ‘अब पुरानो घुमुवा शैलीबाट कुनै उपलब्धी हुने छैन । सम्भावित अपराध पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भएमा अपराधीको मानसिकता फैलिँदैन ।’

तस्बिरहरु


 

टिप्पणीहरू