माओवादी अध्यक्ष काठमाडौं आउँदै, नेताहरु डुंगा खियाउँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखराबाट काठमाडौं फर्कन लाग्नुभएको छ । उहाँ दिउँसो साढे २ बजे बुद्ध एअरको उडानमा आउन लाग्नुभएको बताइएको छ ।
उहाँ गण्डकीको प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन अस्ति पोखरा जानुभएको हो । सोही कार्यक्रममा सहभागी अन्य नेताहरुले डुंगामा बसेर फेवाताल घुमेका छन् । शीर्ष नेताहरु धेरैजसोले फेवातालमा डुंगा सयर गरेका हुन् ।
प्रसन्न मुद्रामा देखिएका उपमहासचिव द्वय वर्षमान पुन र जर्नादन शर्मासँगै उपाध्यक्ष अग्नी सापकोटा, नेताहरु शक्ति बस्नेत, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेललगायत फेवातालको डुंगामा बसेका छन् । गण्डकीपछि माओवादी नेताहरु सुदूरपश्चिम जाँदैछन् ।
आगामी बुधबार र बिहीबार सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक धनगढीमा हुँदैछ । त्यस्तै कर्णालीको बैठक आगामी शुक्रबार र शनिबार सुर्खेतमा राखिएको छ । लुम्बिनी प्रदेशमा भदौ १६ र १७, केन्द्रीय आयोगको १८ र १९ तथा मधेस प्रदेशको २२ र २३ गते बैठक निर्धारण गरिएको छ ।
टिप्पणीहरू