लैनो भैंसीले बाघ मारेको घटनापछि रविलाई आपत्

लैनो भैंसीले बाघ मारेको घटनापछि रविलाई आपत्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा कुनै पनि हदम्याद मान्य नहुने धारणा दोहोर्याएका छन् । आफ्नो निर्वाचन क्षेत्र चिवतन पुगेका लामिछानेले कार्यकर्ता भेटघाटमा भ्रष्टाचारीलाई जोगाउने कुनै पनि कानुन पास हुन नदिने उद्घोष गरेका हुन् ।  

‘भ्रष्टाचारीलाई जोगाउने र भ्रष्टाचार मौलाउने कानून कुनै पनि हालतमा पास गर्न दिँदैनौं’, उनले भने, ‘हामी जिउँदै छँदा आयो भने पनि पास गर्न हाम्रो लाशमाथि टेक्नुपर्छ ।’

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले अब आफूलाई बाघ भन्न पनि अप्ठेरो भएको भन्दै व्यङ्ग्य समेत गरे । बिहीबार मकवानपुरमा एउटा भैंसीले बाघ मारेको प्रसंग निकाल्दै उनले भने, ‘अब म बाघ हुँ भन्न पनि मिलेन, भैंसीले मारिदियो, नत्र बाघ नै हुँ भनिन्थ्यो । तर त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घन्टी हैन ।’

टिप्पणीहरू