प्रतिनिधिसभाकै समयमा एमाले र एकीकृत समाजवादीको बैठक
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा रास्वपा सांसद सोबिता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दैछिन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ ।
यता एमालेले सचिवालय बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी छ । आइतबारबदेखि अर्पण बैंक्वेट नयाँ बानेश्वरमा जारी बैठक आज दिउँसो १ बजे राखिएको छ ।
टिप्पणीहरू