उपेन्द्रको मुद्दा फेरि लम्बियो

उपेन्द्रको मुद्दा फेरि लम्बियो

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आज 'हेर्न नमिल्ने'मा परेको छ । 

न्यायाधीश कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको पूर्ण इजलासमा आज पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने भएसंगै सुनुवाई स्थगित भएको छ । यसअघि गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

जसपा नेपाल विभाजन गर्न अशोक राईसहितका सांसदले दिएको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि त्यसको विरोधमा अध्यक्ष उपेन्द्र सर्वोच्च गएका थिए । प्रारम्भिक सुनुवाईपछि दल विभाजनसम्बन्धी निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न अदालतले आदेश दिएको थियो । 

राजनीतिक चासोसमेत जोडिएको यो मुद्दा विभिन्न कारणले अड्किदै  आएकोमा आज फेरि हेर्न नामिल्नेमा परेको हो ।
 

टिप्पणीहरू