केटाहरुको क्रमशः काल

केटाहरुको क्रमशः काल
सुन्नुहोस्

बेलैमा रोमियो जुलियट लअनुसारको कानुन ल्याइएन भने नेपाली अधिकांश हुनेखाने वर्गका केटाहरु बलात्कारी सावित हुने सम्भावना बृद्धि भएको छ । नेपालको कारागारमा सबैभन्दा बढी लागु औषध र जवर्जस्ती करणी (जक) मुद्दाका अभियुक्त र अपराधी ठहर भएका कैदीहरु छन् । 

जक भन्नेबित्तिक्कै परम्परागत रुपमा जबर्जस्ती करणी भने खासै भएको देखिँदैन । ‘सहमति’लाई स्पष्ट परिभाषित नगरुञ्जेलसम्म यो रफ्तार बढिरहने देखिन्छ । कलिलो उमेर समूहका केटाकेटीबीचको सम्बन्धमा आउने खट्पटीसँगै बाउआमाको दवावमा जवर्जस्ती करणी काण्ड लगाउने प्रवृति बढेको देखिन्छ । केटाकेटी घुम्न गएको अभिभावकले थाहा पाएर सम्बन्ध छुटाउनु पर्‍यो भने पनि जकको अभियोग लगाउने गरिएको छ । यस्तै अवस्थालाई ध्यानमा राखेर क्यानाडा, बेलायततिर रोमियो जुलियट ल अभ्यासमा रहेको छ ।

त्यो कानुनअनुसार १७ वर्षका केटा र १७ वर्षकै केटी साथीको सम्बन्ध हो भने त्यसलाई जक नमान्ने चलन छ । त्यहाँ १७ वर्षकीलाई २० वर्षकाले यौन सम्पर्क राखेको अवस्थामा मात्र जक ठहरिन्छ । नेपालमा पनि मन मिलेर सहवास गरेको अरुले थाहा पाएपछि बलात्कारको आरोप लगाइएको, लिभिङ टुगेदर र लिभिङ् इन रिलेसनसिपका विषयमा खटपट हुनेबित्तिक्कै सर्वसाधारणदेखि नेता, वकिल, कलाकार, खेलाडी, पत्रकार र न्यायाधीशसम्मले प्रताडित हुनु परेको अवस्था छ ।

त्यसैले जवर्जस्ती करणीसम्बन्धी अमिल्दा र एकपक्षीय कानुन संशोधनको माग बारम्बार उठ्ने गरेको हो । यसै सन्दर्भमा सबै पुरुषलाई बलात्कारी बन्नबाट जोगाउन रोमियो–जुलियट ल जस्ता कानुन ल्याउन अग्रसर हुनु पर्ने अवस्था रहेको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू