धर्नाकारीलाई सघाउन कांग्रेस नेताहरु सडकमा

धर्नाकारीलाई सघाउन कांग्रेस नेताहरु सडकमा

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु आन्दोलनकारीको समर्थन गर्दै सडकमा निस्किएका छन् । 

गृहसहित शक्तिशाली मन्त्रालय लिएर सरकारमा रहेको सो पार्टीका सांसदहरु धर्नामा रहेका दुई छुट्टाछुट्टै समूहलाई समर्थन जनाउन आज अपराह्नमाइतीघर मण्डला पुगेका हुन् । 

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि रुवी खान केही दिनदेखि त्यहाँ धर्नामा बसेकी छन् । त्यसप्रति समर्थन जनाउन काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली अपराह्न साढे ३ बजे मण्डला पुगेको थियो । त्यसपछि उनीहरुले सोही स्थानमा धर्नारत 'दलितका लागि दलित अभियान'का सदस्यहरुलाई भेटेर ऐक्यवद्धता जनाए । 

कांग्रेस टोलीमा महामन्त्री शर्मासहित सांसद जीवन परियार, नेताद्वय आशा विक र सीता मिजार सहभागी थिए ।

टिप्पणीहरू