केन्द्रीय सदस्य थपेको समाजवादीमा वरिष्ठ नेता छानिए
नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेता बनाएको छ ।
पदाधिकारी र पोलिटब्यूरो चयनपछि आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरु बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेता चयन गरेको छ । महाधिवेशनअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका तीनैजना वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए ।
राजेन्द्रप्रसाद पाण्डे सो पदमा निर्विरोध भएसँगै दाबेदार सबैलाई वरिष्ठ नेतामा व्यवस्थापन गरिएको हो । सो पार्टीले हिजोमात्रै १७ पदाधिकारी र पोलिटब्यूरो सदस्य मतदानबाट टुंगो लगाएको थियो ।
डेढ महिनाअघि काठमाडौँ सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ जना केन्द्रीय सदस्य सर्वसम्मत गरेको थियो । तर, आकांक्षीको संख्या धेरै भएपछि सो पार्टीले विधान संशोधन गरी केन्द्रीय सदस्य थपेको थियो ।
टिप्पणीहरू