भारतमा बेचिएका बालक दुई वर्षपछि परिवारसँग

भारतमा बेचिएका बालक दुई वर्षपछि परिवारसँग

भारतको राजधानी नयाँ दिल्लीमा दुई वर्षअघि बेचिएका बालकलाई उद्धार गरी अस्ति राती परिवारको जिम्मा लगाइएको छ । रौतहट जिल्लाको यमुनामाई गाऊँपालिका– १,जेठरियाका सैलुन मिया मन्सुरीको छोरा मनोज भन्ने रेयाज मियाँ अन्सारीलाई दुई वर्षअघि भारत  पुर्याइएको थियो ।

स्थानीय ३० वर्षे सद्दाम हुसेनले मनोजलाई ललाई फकाई दिल्लीको झोला कारखानामा पुर्याएको थियो । कारखानाबाट निस्केपछि बालक दिल्ली रेल्वे स्टेशनमा अलपत्र अवस्थामा रहेको देखेपछि बिहारको सुपौल,डगमाराकी आभाराम भन्ने महिलाले उद्धार गरी जिल्ला वाल संरक्षण समितिमा बुझाइदिएकी थिइन् ।

तिनै बालकलाई गैरसरकारी संस्था सेकडिहुरफको सहयोगमा रौतहटस्थित घरमा निजकी आमा सैलमून खातुनको जिम्मा लगाइएको बताइएको छ । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा कारबाहीको लागि हुसेनबिरुद्ध गत साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा किटानीसाथ उजुरी परेको थियो । अहिले अभियुक्त हुसेनलाई पुर्पक्षको लागि थुनामा राखिएको छ ।

टिप्पणीहरू