मलमा जोडिएका यी कोइराला

मलमा जोडिएका यी कोइराला

कृषि सामग्री कम्पनी लिमिटेडको मल खरिद प्रक्रियामा सहभागी भएर पनि निर्माण व्यवसायी शारदाप्रसाद अधिकारी र होनेको (होमनाथ कोइरालाको संक्षेप) मल्टिपलका मालिकले विभिन्न बहानामा युरिया मल आयात नगरी किसानलाई बिचल्ली पारेकोमा ती दुबैको कम्पनीलाई कालो सूचीमा राखिएको छ भने टेण्डर प्रक्रियामा राखिएको जमानत पनि जफत गरिएको छ ।

मल आयातमा चासो देखाउँदै अघि सरेका अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भएकोमा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ । अधिकारीले जस्तै २५ हजार मेट्रिक टन युरिया ल्याउन तयार भएका होमनाथ कोइराला को हुन् त ?

स्रोतका अनुसार कोइराला पनि स्याङ्गजाका निर्माण व्यवसायी र बीकेओआई बिल्डर्सका संस्थापक तथा अध्यक्ष तथा अधिकारीझैँ ‘क’ वर्गका ठेकेदार हुन् ।

भूमिसुधार मन्त्री पद्मा अर्यालले जितेपछि श्रेष्ठका समर्थकले खुमाको भाइलाई कालोमोसो दलेर बजार घुमाएका थिए ।

उनी काँग्रेसनिकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्षसमेत हुन् । नेपाल निर्माण व्यवसायी महासंघको १९ औं र २० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेपनि पराजित भएका थिए । उनको मेडिकल माफियाका रूपमा चर्चित खुमाप्रसाद अर्यालसँग विभिन्न व्यवसायमा साझेदारीसमेत रहेको बताइन्छ ।

कोइराला र अर्याल दुबै यतिखेर गण्डकी मेडिकल कलेजको सञ्चालक हुन् । चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कलेजमा भ्रष्टाचार गरेको आरोप लगाएका १२ जनामध्ये अर्याल र कोइराला दुबै हुन् ।
अहिले कोइराला र अर्यालले स्याङ्गजाको अर्जुन चौपारी जाने बाटोमा ह्याचरी सञ्चालनमा ल्याएका छन् । अर्याल काँग्रेस सभापति शेरबहादुर देउवाको हिसाब किताब राख्ने खजाञ्चीको रूपमा समेत विगत लामो समयदेखि परिचित छन् ।

देउवाका अति निकट यी दुबैजना काँग्रेस नेता गोपालमान श्रेष्ठका भने कटु आलोचक हुन् । गत आमनिर्वाचनमा भूमिसुधार मन्त्री पद्यमा अर्यालले जितेपछि श्रेष्ठका समर्थकले खुमाको भाइलाई कालोमोसो दलेर बजार घुमाएका थिए ।

टिप्पणीहरू