विमानको एसी बन्द गरेर बुद्धले यात्रुको जीवनसँग खेलबाड गरेको आरोप
फाेटाे र भिडियाे स्राेत : सामाजिक सञ्जाल ।
बुद्ध एअरको विमानले यात्रुहरुलाई एसी बन्द गरेर काठमाडौं विमानस्थलको चर्को घाममा केहीबरे राखेपछि उनीहरुले चर्को विरोध गरेका छन् । दिउँसो १ बजेर २५ मीनेटमा काठमाडौंबाट भैरहवा उड्न ठिक्क परेको उक्त विमानलाई ट्याक्सी वेमा राखिँदा झण्डै २० मीनेट एसी बन्द गरिएको बताइन्छ ।
सवा २ बजे काठमाडौंबाट उडेको उक्त विमानमा पौने २ बजे मात्रै एसी चलाइएको एक जना यात्रुले बताए । विमानको ढोका सबै बन्द रहेको अवस्थामा छ दर्जन यात्रु गर्मीले आलसतालस भएका हुन् ।
यात्रुको स्वास्थ्यलाई जोखिममा राखेर विमानभित्रको एसी बन्द गराइएको घटनालाई संवेदनशीलतका साथ छानबिन गर्नुपर्ने माग गरिएको छ । यसबारे बुद्ध एअरले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने एक जना यात्रुले बताउ ।
टिप्पणीहरू