बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी

बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी
सुन्नुहोस्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । 

बैठकमा नयाँ प्रधानन्यायाधीश, निर्वाचन आयुक्तलगायतका संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिस गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । बैठकमा सबै सदस्य र मुख्य सचिव सहभागी छन् । 

टिप्पणीहरू