प्रधानमन्त्रीसँगको छलफलपछि संसदीय विशेष समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने हुनुभएको छ । उहाँ साँझ ५ बजे सिंहदरबारस्थित संसद सचिवालयको २ नम्बर भवनको कोठा नम्बर ३१३ मा राखिएको समितिको बैठकमा सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन लागेको हो । गत जेठ १५ गते गठित समितिलाई कार्य प्रारम्भ भएको मितिले तीन महिनाको समय दिइएको थियो । तर, समय अभावपछि समितिको अनुरोधमा थपिएको अर्को १५ दिनको म्याद असोज पहिलो साता सकिँदै छ ।
टिप्पणीहरू