काँग्रेस सभापतिद्वारा थप सदस्य मनोनीत
नेपाली काँग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले विभागमा नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम सदस्य मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रमुख रहेको विभागमा काठमाडौंका पूर्णलाल श्रेष्ठ, कैलालीका पुष्पराज जोशी, दोलखाका राजेन्द्र श्रेष्ठ, अछामका नृप साउँद, महोत्तरीका प्रकाश राय, सिन्धुपाल्चोकका महेन्द्र लामा, सुनसरीका विपिन किरण, अर्घाखाँचीका आयुष गौतम, स्याङ्जाकी चन्दा क्षेत्री र रुकुम पश्चिमका प्रविण ददेललाई मनोनयन गरिएको हो ।
टिप्पणीहरू