मंसिर १६ गते उपनिर्वाचन गराउन सिंहदरबारमा छलफल

मंसिर १६ गते उपनिर्वाचन गराउन सिंहदरबारमा छलफल

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति तोक्न सरकारलाई परामर्श दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गर्दै आयोग पदाधिकारीहरुले सरकारलाई उक्त परामर्श दिएको बताइएको छ ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी गरिएको छ । भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गर्नुभएको छ । 

सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू